भ्रमण पार्टी बैठकपछि टुङ्गो लाग्ने

|
फाइल तस्वीर

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई देखाउँदै प्रचण्डको चीन भ्रमण स्थगित गरिएको हो। 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आइतबार प्रचण्डको चीन भ्रमण रद्द गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था यस्तो हुँदा कार्यकारी अध्यक्ष विदेश भ्रमणमा जानु राम्रो सन्देश नजाने भएकाले स्थगित गरिएको हो’ उनले भने। 

चिनियाँको राष्ट्रपतिको निमन्त्रणमा प्रचण्डको नेतृत्वमा चीनको भ्रमणतय गरिएको थियो। प्रचण्डको नेतृत्वमा करिब ६० जनाको टोली १० दिनको लागि चीन भ्रमणमा जाने तयारीमा थियो। नेकपाकाे सचिवालय बैठकपछि मात्रै अध्यक्ष प्रचण्डको भ्रमण कहिले हुन्छ भन्ने कुरा छलफल गरेपछि मात्रै तय हुने उनको भनाइ छ।

ओली र प्रचण्डबीच भएको भेटघाटमा चुनावको बारेमा समीक्षा भएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्यको बारेमा अध्यक्ष प्रचण्ड जानकारी लिएका थिए। ओलीको स्वास्थ्य अवस्थाका विषयमा छलफल भएपछि ओलीलाई उपचारको लागि विदेश लैजाने वा विदेशबाट चिकित्सक ल्याउने भन्ने विषयमा पनि छलफल भएको स्रोतको दाबी छ। 

चिनियाँ राष्ट्रपति सी जिङपिनको गत महिनामा नेपाल भ्रमणको आउँदा भएको उच्चस्तरीय भेटघाटमा समेत प्रचण्डलाई चीन भ्रमणका लागि आग्रह गरेको बताइएको थियो। स्वदेश फर्किएलगत्तै सीले प्रचण्डलाई चीन भ्रमणको निमन्त्रणा दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.