|

बागलुङ :   जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटनामा मृत्यु हुने १४ मध्ये १० जनाको सनाखत भएको छ।  सनाखत भएका मृतकमा गुल्मी इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, सोही ठाउँका दोवाटा का ४० वर्षिया बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगाका माया थापा रहेका छन्। यस्तै गुल्मी इश्मा ४ का वर्ष ४० की सिता कार्की, इश्मा ४ कै ६५ वर्षिय झवि कार्की, वर्ष ४५ कि भुमि कार्की, २५  वर्षकी मिना वस्नेत, ६५ वर्षका धन बहादुर कार्कीको पहिचान खुलेको छ ।

नवलपरासी वर्दघाट २ की ६० वर्षिया भुमा कार्कि, बागलुङ बडिगाड ७ का ५५ वर्षकीे नरमाया खत्रि रहेका छन् । मृत्यु हुनेमा ९ जना महिला, चार जना पुरुष र एक जना बालक रहेका जिल्ला प्रहरी कार्यलय बाग्लुङका प्रहरी नायब उपरिक्षक झविन्द्र भट्टराइले जानकारी दिए।

 बाँकी ४ जनाको पहिचान खुल्न बाँकी छ ।  घाईतेहरुको बुर्तिबाङस्थित स्वाथ्य चौकीमा उपचार भइरहेको छ । अवस्था गम्भिर घाइतेलाई अन्यत्रै पठाइएको प्रहरीले जनाएको छ । गुल्मीबाट बाग्लुङको निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोलामा देवाली पूजाका लागि यात्रु बोकेर छुटेको जीप घोपर्नामा भीरबाट खसेको हो । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.