काठमाडौं : १३ औं सागमा नेपाली महिला भलिबल टोली अहिले बलियो प्रतिद्वन्द्वी भारतसँग फाइनल भिडिरहेको छ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा महिला भलिबलको स्वर्ण भिडन्तमा नेपाली टोलीले दोस्रो सेट बराबरी गरेको छ। कडा प्रतिस्पर्धाबीच पहिलो सेट नेपाली खेलाडीले निक्कै मेहेनत गरे।
दोस्रो सेटको १२ औं अंकदेखि १७ अंकसम्म बनाउँदा बराबरीको स्थिति थियो । त्यसपछि उत्साहित नेपाली महिला टोलीले २१—१७ को अंकदुरी बनाएका थिए । २३—२२ को अंकदुरी हुँदा नेपालले केही सम्हालियो र दोस्रो सेट २५—२३ ले जित्यो।
पहिलो सेट भने भारतले २५—१८ ले जितेको छ। नेपालले सुरुवाती प्वाइन्टसँगै अग्रता बनाए पनि तालमेल मिलाउन नसक्दा पहिलो सेट गुमाएको थियो। अहिले तेस्रो सेट चलिरहेको छ।
रजत पदक पक्का गरिसकेको नेपाली महिला भलिबल टोली स्वर्ण जित्ने लक्ष्यका साथ संघर्ष गरिरहेको छ। नेपालले श्रीलंकालाई हराएर कम्तीमा रजतपदक पक्का गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।