|

काठमाडौं : १३ औं सागमा नेपाली महिला भलिबल टोली ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेको छ। बलियो प्रतिद्वन्द्वी भारतसँग ३-२ को सेटमा पराजित भएपछि नेपाल रजतमै सीमित भएको हो। 

त्रिपुरेश्वरस्थित कभर्डहलमा महिला भलिबलको स्वर्ण भिडन्तमा नेपाली टोलीले दोस्रो सेट बराबरी गरेको छ। कडा प्रतिस्पर्धाबीच पहिलो सेट नेपाली खेलाडीले निक्कै मेहेनत गरे। 

पहिलो सेट गुमाएको नेपाल दोस्रो सेटदेखि खेलमा फर्किएको थियो। दोस्रो सेटको १२ औं अंकदेखि १७ अंकसम्म बनाउँदा बराबरीको स्थिति थियो ।

त्यसपछि उत्साहित नेपाली महिला टोलीले २१-१७ को अंकदुरी बनाएका थिए । २३-२२ को अंकदुरी हुँदा नेपालले केही सम्हालियो र दोस्रो सेट २५-२३ ले जित्यो । 

पहिलो सेट भारतले २५-१८ ले जितेको थियो। नेपालले सुरुवाती प्वाइन्टसँगै अग्रता बनाए पनि तालमेल मिलाउन नसक्दा पहिलो सेट गुमाएको थियो। नेपालले तेस्रो सेट २५-२१ ले जितेको थियो।

तर चौथो र पाँचौ सेट गुमाउँदै नेपाल रजतमै सीमित भयो। नेपालका लागि रजत पदक पनि ऐतिहासिक हो। नेपालले श्रीलंकालाई हराएर कम्तीमा रजतपदक पक्का गरिसकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.