|

सल्यान : उपनिर्वाचनको समयमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका ४ जनालाई प्रहरीले रिहा गरेको छ। गत मंसिर १० गते मंगलबार उपनिर्वाचनलाई बहिस्कार गरौँ भन्ने अभियानमा लागेका उनीहरूलाई कुमाख गाउँपालिका ५ बाट सल्यान प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ परेका चारै जनालाई सोमबार साधारण तारेखमा रिहा गरिएको सल्यान प्रहरी प्रमुख (डिएसपि) ढकेन्द्र खतिवडाले जानकारी दिए। उनीहरूलाई ७ दिनपछि रिहा गरिएको हो।

प्रहरीले पार्टीका कर्णाली प्रदेश इन्चार्ज सुर्खेत घर भएका ६० वर्षीय चक्रपाणि शर्मा, दैलेख घर भएका केन्द्रीय सदस्य ४० वर्षीय दिपक शाही, जिल्ला सचिव सल्यानको कुमाख गाउँपालिका ५ घर भएका ६८ वर्षीय चक्रबहादुर शाह र जिल्ला सदस्य कुमाख गाउँपालिका ७ घर भएका ३८ वर्षीय हिरालाल गोसाईलाई पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.