|

सिन्धुली : सिन्धुलीको सुनकोशी नदी किनारमा एक वेवारिसे शव फेला परेको छ। गोलन्जोर गाउँपालिका-३ मुर्गिवेशीस्थित सुनकोशी नदीको किनारमा एक पुरुषको वेवारिसे शव फेला परेको हो। अन्दाजी २५/२६ वर्षीयको पुरुषको नाम, वतन खुल्न नसकेको सिन्धुली प्रहरीले जनाएको छ।

वेवारिसे पुरुषको शव सुनकोशी नदीको किनारमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए। नदीको किनारमा शव फेला परेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको खबर पाउन साथ प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरिक्षकको कमाण्डमा ३ जना र ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षकको कमाण्डमा ५ जना गरि ८ जनाको टोली घटनास्थलतर्फ गएको प्रहरी उपरीक्षक सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.