|

काठमाडौं : संचारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा गायिका मेनुका पौडेलको स्वर रहेको गीत 'रङ्ग भित्रको'को भिडियो सार्वजनिक भएको छ। गीतमा एसडी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन्।

एक रानीको राजासँगको मायाको चाहा र रानीको मायाको चाहालाई बेवास्ता गर्ने राजाको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतको भिडियोमा नायक निराजन प्रधान र नायिका नीता ढुंगानाको अभिनय रहेको छ। भिडियोमा शान थापाको निर्देशन, अनिल के. मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.