|

काठमाडौं : नयाँ सरकार गठन भएयताको ५ महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन्। उनीहरूको भ्रमणका लागि हवाइ टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको छ।

को को हुन् बढी खर्च गर्ने मन्त्री ?
संघीय मामिला राज्यमन्त्री गौरीशंकर जबेगु– रु.७,२७,९६०
कृषि विकासमन्त्री गौरीशंकर चौधरी– रु ६,०५,४५१
शान्तिमन्त्री सीतादेवी यादव– रु.४,२०, ३६५
स्वास्थ्यमन्त्री गगनकुमार थापा– रु. ३,५६,८०
आपूर्तिमन्त्री दिपक बोहरा–रु. ३,२८,७९०
सहरी विकासमन्त्री अर्जुननरसिंह केसी– रु.३,०६,५७०
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली– रु.२,९२,७४०
सञ्चारमन्त्री सुरेन्द्र कार्की– रु.२,८५,२५०
स्थानीय विकासमन्त्री हितराज पाण्डे– रु २,८१,४७०
जनसंख्यामन्त्री जयदेव जोशी–रु २,७७,८१०
उर्जामन्त्री जनार्दन शर्मा– रु.२,४८,३५०
रक्षामन्त्री बालकृष्ण खाण– रु.२,४०,७६५
वनमन्त्री शंकर भण्डारी– रु.२,४६,५२०
कानुनमन्त्री अजयशंकर नायक– रु. २,२४,१७०

कम खर्च गर्ने मन्त्री
सहकारीमन्त्री हृदयराम थानी– रु.२,१९,०००
पर्यटनमन्त्री जीवनबहादुर शाही– रु.२,१६,६६०
भूमिसुधारमन्त्री विक्रम पाण्डे– रु.२,१६,०५५
ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत– रु.२,१५,०५०
शिक्षा राज्यमन्त्री धनमाया विक– रु.१,७५,१५०
श्रममन्त्री सूर्यमान गुरुङ– रु.१,७०,९१५
कृषि राज्यमन्त्री राधिका तामाङ– रु.१,६५,२०५
गृहमन्त्री विमलेन्द्र निधि– रु.१,५६,९६०
भौतिकमन्त्री रमेश लेखक– रु.१,५२,८४५
शिक्षामन्त्री धनीराम पौडेल– रु.१,४६,०४०
अर्थमन्त्री कृष्ण महरा– रु.१,३०,९१५
उद्योगमन्त्री नवीन्द्रराज जोशी– रु.१,२६,५३०
सिँचाइमन्त्री दीपक गिरी– रु.६८,७७०
सरसफाइ राज्यमन्त्री दीपक खड्का– रु.४४,१४०
पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ– रु.१८,०००

यी मन्त्रीको जिल्ला भ्रमण खर्च शून्य
परराष्ट्रमन्त्री प्रकाशशरण महतले विदेश भ्रमण गरे पनि जिल्ला भ्रमण नगरेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। वाणिज्यमन्त्री रोमी गौचन, वन राज्यमन्त्री दीर्घराज भाट, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सिँचाइ राज्यमन्त्री सुरेन्द्रराज अचार्य, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, श्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, सहरी विकास राज्यमन्त्री मिठु मल्लले जिल्ला भ्रमणमा हालसम्म कुनै रकम बुझेका छैनन्।

–नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.