|

सल्यान : पोखरा महानगर २० मौजामा ढिस्कोले पुरिएर मृत्यु भएका सल्यानका पाँचजनाको मंगलबार सामूहिक दाहसस्कार गरिएको छ। रोजगारीको शिलशिलमा पोखरामा गएका सल्यानका पाँचजना मजदुरको बागचौर नगरपालिका ४ पेदिखोला घाटमा दाहसंस्कार गरिएको हो।

ढिस्कोले पुरिएर मृत्यु भएका बागचौर नगरपालिका ४ कोइर्‍यालघारीका ४८ वर्षीय जीतबहादुर बस्नेत, रातामाटाका ४६ वर्षीय तोभान बस्नेत, सिमखोलीका २६ वर्षीय गणेश वली, सिमखोलीकै २६ वर्षीय खिमलाल वली र डाँडागाउँका ४९ वर्षीय योगेन्द्र बुढाथोकीको सामूहिक दाहसस्कार गरिएको छ। एउटै गाउँका पाँचजनाको मृत्यु भए पछि गाउँ नै शोकमा डुबेको छ।

आइतबार पोखरा महानगरपालिका-२० मौजामा बाटो निर्माणको क्रममा पर्खाल लगाउँदै गर्दा माथिबाट झरेको ढिस्कोमा उनीहरूको पुरिएर मृत्यु भएको हो। दुईजना ढिस्को खस्दाखस्दै भाग्न सफल भएको र पाँचजनाको पुरिएर मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.