|
फाइल तस्वीर

काठमाडौं : गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ। गृहले मंगलबार सूचना जारी गर्दै पाँचजना सिडिओको सरूवा गरेको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार सरुवा हुनेहरूमा नारायणप्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जीतेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको चितवनमा सरूवा गरिएको हो। भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, चितवनमा कार्यरत बस्नेतलाई पर्सामा सरूवा गरिएको छ भने गृह मन्त्रालय की सहसचिव पाण्डेलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ।

यस्तै, लमजुङ जिल्ला प्रशासनमा कार्यारत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ। अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका खड्का जिल्ला प्रशासन लमजुङ सरूवा भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.