|

मुगु : मुगु जिल्लको पश्चिम खत्याड गाउँपालिका-४ माझचौरमा निगालोबाट  उत्पादित सामग्रीको प्रदर्शन गरिएको छ। स्थानीयस्तरमा निगालोबाट मुडा, टोकरी, सुपा, दराजलगायतका सामग्री निमार्ण गरी खत्याड गाउँपालिकाको माझचौरमा प्रदर्शनी गरिएको हो।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अनुकूलन कोष, विश्व खाद्य कार्यक्रम र ग्रामीण सामुदायिक विकास केन्द्र आरसिडिसी मुगुको सहयोगमा खत्याड गाउँपालिकाका २० जना उद्यमी किसानलाई छनोट गरी एकमहिने यो पेसाका बारेमा तालिम दिइको थियो। उनै २० जना उद्यमीले निगालोबाट उत्पादित विभिन्न सामग्रीको प्रदर्शनमा गरिएको थियो।

मेलामा खत्याड गाउँपालिका साविकका ४ गाविस, गम्था सेरी श्रीकोट र खमालेका गरी २० जना उद्यमीलाई छनोट गरी निगाले सामग्रीको तालिम दिएका र बढ्दो जलवायु परिवर्तनको असरलाई अनुकूलनमा ल्याउन र खाद्य सुरक्षाको पत्याभूति गर्न सजिलो होस भन्ने उद्देश्यले उद्यमी किसानलाई निगालो सम्बन्धी तालिम दिएको आरसिडिसी मुगुका उद्यम विकास अधिकृत जगत बहादुर भामले बताए।

उनका अनुसार बढ्दो बेरोजगारीसँगै खत्याड गाउँपालिका युवालाई एकमहिने तालिम दिएका र त्यसैअनुरूप उनीहरूको सीप विकास क्षमताको प्रदर्शनीका लागि माझचौरमा मेलाको आयोजना गरिएको अधिकृत भामको भनाइ छ। सीप पाएसँगै वेरोजागर युवा खुसी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.