देशकै ठूलो वाणिज्य बैंक बन्दै

|

काठमाडौं : जनता बैंकसँग मर्जरपछि ग्लोबल आइएमई बैंकले मंसिर २० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ। एकीकृत कारोबारको तयारीको लागि बैंकले बुधबार साँझ ६ बजेदेखि बिहीबार राति १२ बजेसम्म काउन्टरहरू बन्द गर्ने जानकारी गराएको छ। 

जनता बैंक गाभेर एकीकृत वित्तीय कारोबार गर्न दुवै बैंकको प्रणाली मिलाउनुपर्ने भएकाले बन्द हुने भएको बैंकले जनाएको छ। बैंकले उक्त समयसम्म दुवै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, शाखारहित बैंकिङ सेवा पनि बन्द हुने जनाएको छ। 

१२ मंसिरमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले ग्लोबल आइएमई र जनता बैंकलाई मर्जरमा जान अन्तिम स्विकृति दिएको हो। ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ।

जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ। दुवै बैंक मर्जरपछि बन्ने ग्लोबल आइएमइ बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ । मर्जपछि ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.