|

गुल्मी : मंगलबार  बिहान गुल्मीको इश्मादेखि देवाली पुजामा बाग्लुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको घटनास्थलमै  मृत्यु भएका र एकजना बेपत्ता भएकाको शव फेला परेको छ जिपमा सवार इश्मा गाउँपालिका वडा नं ४का ६५ बर्षिय धन बहादुर कार्की बाटामुनिकाको शव बाग्लुङको भिमगिरेनजिकै खोला किनारमा फेला परेको बुर्तिबाङ इलाका प्रहरी कार्यलयका  प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिए।  योसँगै मृतकको संख्या १५ पुगेको छ।

मंगलबार राति इश्मा गाउँपालिका वडा नं ४ की ३० वर्षीय सूचना कार्की, ४० की सीता कार्की, ६५ की झबी कार्की, ४० का महेन्द्र कार्की, ४५ की भूमि कार्की,  २५ की मीना बस्नेत ६५ का धनबहादुर कार्की बाटामाथि, वर्ष २ कि बालिका अनुष्का कार्की  वडा नं ५ की वसुन्धरा कार्की, ३ की २३ की माया थापाको सामूहिक रुपमा दाहासंसकार गरिएको छ। उनीहरुलाई इश्मा गाउँपालिकाको हुलाके छल्दीमा सामूहिक रुपमा दाहसंस्कार गरिएको हो।

मृतकमध्ये जिप चालक इश्मा गाउँपालिका वडा नं ४ का बर्ष २५ का रेशम थापाको आफ्नै संस्कारमा दाहासंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ। यस्तै बागलुङको बडिगाड गाउँपालिका ५ की ५५ बर्षकी लक्ष्मी केशीको बडिगाडमै, नवलपरासी बर्दघाट नगरपालिका २ की ६० वर्षकी मुना कार्की र कन्चनपुरका ५५ बर्षिय धन बहादुर कार्कीको शब आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

घाइते तीन जनाको काठमाण्डौको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। घाइतेहरुमा नवलपरासी बर्दघाटका बर्ष २२ का जीबन कार्की, इश्मा गाउँपालिका ४ का ४ बर्षका हिमाल कार्की र बर्ष २४ की निमा केशीलाई सेनाको हेलिकोप्टर मार्फत पुर्वमन्त्री तथा सांसद गोकर्ण बिष्टको पहलमा उपचार भइरहेको छ। गुल्मीको इश्मा देखि बुर्तिबाङ जाँदै गरेको  ग १ ज ५२१९ नं को जिप  दुर्घटनामा परेको हो।

यस्तै जीप दुर्घटना इश्माका ११ जनाको मृत्यु भएको र सिंगो गाउँनै शोकमा परेकाले गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ। गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यलयहरु, शिक्षण संस्थाहरु बन्द गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए। साथै मृत आत्मको चिरशान्तिको कामना गर्दै गाउँपालिकाले शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामनासमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.