|

काठमाडौं : भारत सरकारले ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले मागेजति भारु दिन छोडेको छ। भारतमै साना दरको नोट अभाव रहेको भन्दै राष्ट्र बैंकले मागजति नदिएको हो।

नेपालमा भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब २० करोड रुपैयाँ बराबर भारु नोट ल्याउने तयारी राष्ट्र बैंकले गरेको थियो। तर भारतले १ अर्ब रुपैयाँ बराबरको नोट मात्र दिएको राष्ट्र बैंक, बैंकिङ कार्यालयका कार्यकारी निर्देशक जनक अधिकारीले बताए।

केही वर्षअघिसम्म केन्द्रीय बैंकले भारतबाट वार्षिक रूपमा सय रुपैयाँ दरका ६ अर्ब रुपैयाँ भारु नोट ल्याउने गरेको थियो। गत वर्षदेखि नै भारतले एक सय दरका नोट कटौती गर्दै आएको छ। गतवर्ष ३ अर्ब रुपैयाँ बराबरको भारु दिएको अधिकारीले जानकारी दिए। उनका अनुसार यो वर्ष अझ कम भारु आउने सम्भावना छ। चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब २० करोड रुपैयाँ बराबरको नोट आएको राष्ट्रबैंकले जनाएको छ। 

भारतले ५ सय र १ हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकमा भारु साट्नेको घुइँचो हुने गरेको छ। धेरै मानिसलाई सेवा उपलब्ध गराउन बैंकले बढीमा २५ हजार दिने व्यवस्था गरेको छ। ‘अवस्था हेरी २ हजार, १० हजार र बढीमा २५ हजारसम्म उपलब्ध गराउँदै आएका छौं’, अधिकारीले भने।

–नागिरक दैनिकबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.