एक लाख २७ हजार योगदानकर्ता सूचीकृत

|

काठमाडौं : सरकारले चौथोपटक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप्ने तयारी गरेको छ। यसअघि तीनपटक समय थप गर्दा पनि उल्लेख्य रूपमा सूचीकृत नभएपछि पुन: म्याद थप गर्ने थालिएको हो।

कति म्याद थप्ने र कुन सर्तमा थप्ने भन्ने विषयमा मन्यालयमा छलफल चलिरहेको श्रम मन्त्रालयले जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्‍वर राय यादवले थाहासँगको कुराकानीमा म्याद थप्नु पर्दा थप्ने र अन्य व्यावहारिक तथा कानुनी जटिलता अन्त्य गर्नको लागि सघन छलफल चलाइएको बताए।

‘सयम थप गर्नुपरे गर्ने। व्यावहारिक र कानुनी कठिनाइलाई सबैलाई अध्ययन गर्न लगाएका छौँ।’ मन्त्री यादवले भने, ‘एउटा निकासको बाटो निकाल्ने र सबै श्रमजिवीहरूलाई यसमा जोडेर ठूलो सुरक्षा कोष स्थापना गर्ने त्यससँग देश र नगारिकको भविष्य उज्जल हुन सकोस् भन्ने उद्देश्‍यसहित अघि बढ्ने योजना रहेको छ।’

मन्त्री यादवसँग गरिएको विस्तृत कुराकानी केहीबेरमा थाहाखबरमा पढ्न सक्नुहुनेछ। सामाजिक सुरक्षा कोषमा अहिलेसम्म एक लाख २७ हजार योगदानकर्ता सूचीकृत भएका छन् भने ३० करोड रुपैयाँभन्दा बढी रकम सञ्चित भएको छ। दोस्रो सामाजिक सुरक्षा दिवस मनाउने क्रममा मजदुर नेताहरूले अब म्याद थप्ने क्रममा असहमति रहने जनाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.