|

काठमाडौं : सरकारी दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले ग्राहकलाई लक्षित गरी आफन्तलाई उपहार योजना अघि सारेको छ। यस योजनाअन्तर्गत सस्तो मूल्यमा भ्वाइस वा डाटा सेवा साथीभाइ वा आफन्तलाई  दिन सकिने व्यवस्था गरेको छ।

यो योजनाअन्तर्गत १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, ३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० मा ७ दिनको १९० एमबी र १०० को ५०० एमबी तथा २४० को २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ।

त्यस्तै, भवाइस प्याकतर्फ २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने, १ सय रुपैयाँमा १९० मिनेट, २४० रुपैयाँमा  ४९० मिनेट कुरा गर्न सकिनुका साथै पाँच सय रुपैयाँमा ११ सय मिनेट गफ गर्न सकिने टेलिकमले जनाएको छ। 

कसरी प्रयोग गर्ने?

सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको ‘नेपाल टेलिकम’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ। एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिने टेलिकमले जनाएको छ। 

डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गरि मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्डलगायत विवरण राखेपछि लग इन गर्ने र मोबाइलमा तत्कालै सन्देशका रूपमा एक पटकका लागि कोड नम्बर आउने टेलिकमले जनाएको छ। सो कोड नम्बर इन्ट्री गरी कम्पनीको एप प्रयोग गर्न सकिने उल्लेख गरिएको छ। 

इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरूप दिन एप खोली गिफ्ट प्याकेज्स (गिफ्ट प्याकेज) मा क्लिक गर्ने पर्ने जनाएको छ। त्यसपछि डाटा लेखिएको एपमा गएर कति एमबीको डाटा उपहार दिइने हो निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ। प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सकिने उल्लेखगरिएको छ। 

यसैगरी यही एपको गिफ्ट प्याकेज्स (गिफ्ट प्याकेज) मा गई भ्वाइस क्लिक गरी भ्वाइसप्याकेको सुविधा गिफ्ट गर्न सकिने व्यवस्था गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.