|

भारतको छत्तिसगढमा प्रहरी बलको एउटा क्याम्पभित्रै गोली चल्दा ६ जना जवान मारिएका छन्। माओवादी प्रभावित नारायणपुर जिल्लामा भारत-तिब्बत सीमा प्रहरी बलको क्याम्पभित्र एक जवानले अन्धाधुन्ध गोली हानी पाँचजनाको हत्या गरेपछि आफैँलाई गोली हानेको बिबिसीले जनाएको छ।

नारायणपुर जिल्लका एसपी मोहित गर्गले यसको पुष्टि गरेको समाचारमा उल्लेख छ। जिल्लाको कँडेनार क्षेत्रमा रहेको क्याम्पमा स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे जवानहरूबीच गोली चलेको थियो। गोली लागी अन्य दुई जवान गम्भीर घाइते भएका छन्। ती सबै जवान भारत-तिब्बत सीमा प्रहरी बलको ४५औँ बटालियनका थिए।

क्याम्पमा रहेका पश्चिम बंगालको नादिया जिल्ला घर भएका जवान मसुद-उल-रहमानले फायरिङ सुरु गरेका थिए। अनुसन्धान अधिकारीहरूका अनुसार  आइटिबिपीको उक्त बटालियनमा आपसी विवाद भएपछि मसुद-उल-रहमानले आफ्नो स्वचालित हतियार साथीहरूमाथि अन्धाधुन्द रुपमा चलाएका थिए।

उनले चलाएको गोली लागेर पाँचजना जवानको घटनास्थलमै मृत्यु भएको थियो। त्यसलगत्तै मसुदले आफैँमाथि गोली चलाएर आत्महत्या गरेको समाचारमा जनाइएको छ। आपसी विवाद के कारण भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.