|

काठमाडाैं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन बुधबार काठमाडौंमा सुरु हुँदैछ। हयात होटलमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। नेपालमा २७ वर्षपछि इन्टरपोलको सम्मेलन हुन लागेको हो । यसअघि सन् १९८९ को सम्मेलन नेपालमा भएको थियो ।

सम्मेलनमा विभिन्न ५३ देशका सुरक्षा प्रमुखहरू सहभागी हुनेछन्। सम्मेलनमा आतंकवाद र  मानव तस्करी नियन्त्रणमा विशेष छलफल हुने नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विज्ञानराज शर्माले जानकारी दिए। ३ दिनसम्म चल्ने सम्मेलनमा साइबर अपराध, वन्यजन्तु तस्करी, लागूऔषध कारोबारलगायत संगठित अपराध र खेलकुद क्षेत्रमा हुने ‘म्याच फिक्सिङ’बारे पनि छलफल हुने एआईजी शर्माले बताए।  

इन्टरपोलको सदस्यता लिएको ५० वर्षमा नेपालले १२ अभियुक्तलाई मात्र विदेशबाट विभिन्न अपराध सिलसिलामा अनुसन्धान तथा कारवाहीका लागि स्वदेश ल्याउन सकेको छ। नेपालले सन् १९६७ सेप्टेम्बर २७ मा इन्टरपोलको सदस्यता पाएको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.