काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो र कराँतेबाट नेपालले लगातार सफलता पाइरहेको छ।
बुधबार भएको ८७ केजी भन्दामाथिको भिडन्तमा नेपालका लागि सक्षम कार्कीले स्वर्ण पदक जित्न सफल भएका छन्। सक्षमले नेपालका लागि साग खेलकुदमा सयौँ स्वर्ण पदक जितेका हुन्। योसँगै साग खेलकुदको इतिहासमा नेपालले जितेको स्वर्ण १०० पुगेको छ।
कार्कीले सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको भिडन्तमा सक्षमले पाकिस्तानी खेलाडी वाकर अलीलाई पराजित गर्दै स्वर्ण चुमेका हुन्। स्वर्णसम्मको यात्राका क्रममा सक्षमले सेमिफाइनलमा श्रीलंकाका बालापिट्टीलाई हराएका थिए।
सेमिफाइनलको पहिलो राउन्डको खेलमा ८ अंक जोडेका थिए। दोस्रो चरणमा कार्कीले ६ अंक जोडे भने बालापिट्टीले १ अंक जोड्न सफल भए। तेस्रो चरणमा १८ अंक जोड्दै सक्षम फाइनल प्रवेश गरे।
यस्तै सेमिफाइनलको अर्को खेलमा पाकिस्तानका वाकर अली र भारतका चैतन्य बिजयबीच भिडन्त भएको थियो। उक्त खेलमा अलीले १४ अंक र चैतन्यले ५ अंक जोडे। दोस्रो चरणमा अली र चैतन्यले २/२ अंक जोडे। तेस्रो चरणमा अलीले चैतन्यलाई हराउँदै फाइनल पुगेका थिए।
तस्बिरहरु : सन्देश बिडारी/थाहाखबर
तपाईंको ईमेल गोप्य राखिनेछ ।