|
फाइल तस्वीर

सिरहा : इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये बुधबार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये सातजना थुनुवा फरार भएका थिए।

फरार भएका थुनुवाको खोजी गर्ने क्रममा फरार भएकामध्ये सखुवानानकरकट्टी गाउँपालिका–१ निवासी २४ वर्षीय रणधीरकुमार यादव, गोलबजार नगरपालिका–६ निवासी २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका–१ निवास १८ वर्षीय नवीनकुमार यादवलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

फरार रहेका अन्य चार थुनुवाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए। थुनुवा फरार भएको घटना छानविन गर्न प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोलीसमेत गठन गरिएको छ।

खैरो हिरोइनसहित चार युवक पक्राउ

प्रहरीको टोलीले आज साँझ सिरहाको गोलबजार नगरपालिका–३ बाट प्रतिबिन्धित लागुऔषध खैरो हिरोइनसहित चारजना पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ निवासी १८ वर्षीय बालकृष्ण साह, गोलबजार–३ निवासी १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उहाँका भाइ १८ वर्षीय निलमकुमार साहलाई पक्राउ गरेको हो।

खैरो हिरोइनको खरीद बिक्री गरिरहेका अवस्थामा ब्राउन सुगरसहित चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। पक्राउ परेकाको साथबाट ८१ पोकामा करीब चार ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरी निरीक्षक पुरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.