|

काठमाडौं : उच्च अदालतमा नियुक्त ८० जना न्यायाधीशले बुधबार पद तथा गोपनियताको सपथ लिँदैछन्। दिउँसो साढे १ बजे सर्वोच्च अदालतमा हुने कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई सपथ गराउनेछिन्।

न्यायाधीश नियुक्ति समावेशी नभएको र दलीय भागण्डा गरिएको भन्दै सर्वत्र विरोध भइरहेका बेला सपथ गराउन लागिएको हो। सरकारी वकिलहरुले न्यायाधीश नियुक्तिमा पुनर्विचार नगरे आइतबारदेखि इजलास नै बहिस्कार गर्ने चेतावनी दिएका छन्।

न्याय परिषद्ले पुस २८ गते मध्यरातमा उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्तीको निर्णय गरेको थियो। न्यायाधीश नियुक्तिको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, राप्रपा नेपाल, नेपाल बार एशोसिएशन लगायत बिभिन्न दल र संघसंस्थाले न्यायापालिकाको मर्म विपरीत भएको भन्दै विरोध गरेका छन्।

न्याय परिषद सदस्य समेत रहेका कानुन मन्त्री अजयशंकर नायकले भने न्यायाधीश नियुक्ति संविधान सम्मत भएको भन्दै पुनरावलोकन नहुने बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.