|

इलाम : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकासका लागि स्थानीय सरकारको मुख ताक्ने दिन अन्त्य भएको बताएका छन्।

संविधान अनुसार मुलुक संघीयतामा गइसकेकाले अब विकासका लागि सिंहदरबार धाउने दिन अन्त्य भएको बताए। उनले  स्थानीय सरकारले नसक्ने योजना प्रदेश सरकार र प्रदेश सरकारकाबाट पूरा हुन नसक्ने योजनाका लागी केन्द्र सरकारले निर्माण गर्ने वचन दिए।

‘विकासमा गति लिनका तीन तहको सरकारबीच तालमेलको विकल्प छैन’ उनले भने, ‘अहिले तीनै तहको सरकारलाई संविधानले उत्तिकै अधिकार दिएकाले केन्द्रले मात्र विकास गर्छ भन्ने धारणा अन्त्य गर्नुपर्छ।’

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्म जयन्तीमा बोल्दै पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा मात्र नभएर सरकारको मुलुभत योजना भएको बताए। उनले कृषि, जलश्रोत, पर्यटनलगायत लगानीमा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै जनताको जीवनस्तर उकास्न सरकार लागि परेको बताए। 

नेता पोखरेलले अहिलेको सरकारले सवै जाति र धर्मलाई समान रुपमा लिएकाले किरातीको आस्था महागुरु फाल्गुनन्दको सन्देश सबै र सधैका लागि उत्तिकै महत्वपूर्ण रहने बताए।

‘महागुरुको ज्ञानको ज्योति हिजो, आज र भोलि पनि उत्तिकै महत्वपूर्ण रहेको छ। यसलाई निभ्न दिनु हुँदैन’ उनले भने।  देशमा १२५ जातजाति र सय वढी समान भाषाभाषिका रहेकामा उनले कुनै एक भाषा, धर्म र जातजातिको अस्तित्व मात्र बचाउन लागेमा अरुलाई अन्याय हुनेमा जिकिर गरे।

त्यस्तै कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले पनि महागुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गर्दै यो पवित्र स्थान भएर आवत-जावत हुने दमक–रवि सडक पनि अबको तीन वर्ष भित्रमा कालोपत्रे भइसक्ने बताए। उनले यस सडकभित्र पर्ने सवै खोलामा पक्की पुल पनि आगामी माघ महिना भित्रमा शिलान्यास भइसक्ने वताउँदै अव यहाँ विकासको सुरु भइसकेको बताए। 

नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले महागुरु फाल्गुनन्दको जन्म क्षेत्रमा विकासका लागि गुरुयोजना तयार भइसकेकाले दिगो विकासका लागि देशका तिनै तहका सरकार लाग्नु पर्ने बताए।  

जन्मोत्सवको अवसरमा गुरु आत्मानन्द लिङ्देनले प्रवचन समेत दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.