|

चितवन : चितवनको मुग्लिन–नारायणगढ सडक अन्तर्गत चण्डिभञ्याङ गाविस वडा नम्बर ५ कालिखोला स्थित राजमार्गबाट त्रिशुली नदीमा खसेको ट्याङ्कर नदीभित्र फेला परेको छ।

ट्याङ्कर घटनास्थल भन्दा झण्डै एक किलोमिटर तल नदीमा फेला परेको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए। उनकाअनुसार ट्याङ्कर चालक स्टेरिङमा च्यापिएको अवस्थामा मृत भेटिएका छन्।
उमेश तामाङ नाम गरेका बारा अमलेखगञ्जका अन्दाजी २५ वर्षीय ती चालकको शव बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सहचालक प्रदिप लामा घाइते छन्। उनको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

काठमाडौंबाट नारायनगढतर्फ आउँदै गरेको ना ४ ख ४१४३ नम्बरको तेल ट्याङ्कर गएराति करिब १२ बजे त्रिशुली नदीमा खसेको थियो। 
घटनास्थल मुग्लिनबाट करिब २ किलोमिटर नारायणगढतर्फ पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.