|

काठमाडौं : काठमाडौंको धुबाराहीस्थित ह्याम्स अस्पतालमा २० वर्षीया युवतीको ब्रेन एन्युरिजमको कोइलिङद्वारा सफल उपचार गरिएको छ।

ब्रेन एन्युरिजमको उपचार टाउँको खोलेर अप्रेशनद्वारा भइरहेको अवस्थामा ह्याम्स अस्पतालमा वरिष्ठ न्यूरो सर्जन तथा न्यूरोइन्टरभेन्सनल सर्जन डा. मनोज बोहरा तथा एनेस्थेलोजिष्ट डा. मुरारी राज उप्रेती र डा. सुरज लामिछाने तथा क्याथ ल्याब टिमद्वारा न्यूरोइन्टरभेन्सन पद्धति प्रयोग गरी टाउँको नचिरी उपचार गरिएको हो।

ती युवतीको खुट्टाको रगतको नशाबाट विभिन्न किसिमको साधनको माध्यमले एन्युरिजमभित्र कोइल गरेर उपचार गरिएको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार एन्जुरिजम भनेको मस्तिष्कको रगतको नली फुलिएर बेलुन जस्तो हुने रोग हो, जुन फुटेर व्रेन ह्यामरेज भएर बिमारी अशक्त हुन सक्छ वा ज्यान पनि जान सक्छ।

डा. बोहराको भनाइअनुसार नेपालमा अत्यन्तै नौलो उपचार पद्धतीका रुपमा शुरु भएको न्यूरो इन्टरभेन्सनबाट मस्तिष्कमा एन्युरिजमको अतिरिक्त स्ट्रोक (पक्षघात) को पनि उपचार गर्न सकिन्छ। स्ट्रोकको उपचारमा हात वा खुट्टाको रक्तनलीबाट विभिन्न किसिमका तारहरुको माध्यमबाट मस्तिष्कमा बन्द भएको रक्तनलीमा पुगिन्छ र त्यसपछि स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गर्ने क्लटलाई बाहिर निकाली पुनः रक्त संचार गरिन्छ।

न्यूरो इन्टरभेन्सन उपचार गर्न मस्तिष्क खोलेर गरिने उपचार पद्धतीभन्दा निकै कम समय लाग्ने र उपचार पछिको अस्पतालको बसाइँ पनि कम हुने भएकोले अहिले यो संसारभरी नै निकै प्रभावकारी उपचारको रुपमा लिइने गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.