|

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपालिकामा केही दिनयतादेखि एउटा बौलाहा कुकुरले आतंक मच्चाएको छ। आलिताल गाउँपालिका  ७ र ८ मा बौलाहा कुकुरले आतंक मच्चाएको हो।

बौलाहा कुकुरले टोकेर अहिलेसम्म १२ जनाभन्दा बढीलाई व्यक्तिलाई घाइते बनाएको जनाइएको छ। बौलाहा कुकुरले ८ जना विद्यार्थीसहित १२ जनाभन्दा व्यक्तिलाई टोकेको हो।

बौलाहा कुकुरले बिहीबार बिहान आलिताल गाउँपालिका ७ मेलगाँजामा रहेको गौरीशंकर माध्यामिक विद्यालय आइरहेका ८ जना विद्यार्थीलाई टोकेको विद्यालयका शिक्षक इन्द्र साउँदले जानकारी दिए। 

‘बिहान विद्यार्थी विद्यालय आइरहेका थिए। त्यहीँ बेला बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ’ उनले भने, ‘बौलाहा कुकुरले टोकेपछि विद्यालयका अन्य विद्यार्थीमा त्रास फैलिएको छ।’

बौलाहा कुकुरको टोकाइबाट घाइते भएका विद्यार्थीसहित अन्य व्यक्तिलाई उपचारका लागि जोगबुडा अस्पताल पठाइएको आलिताल गाउँपालिका ७ का स्थानीय तथा शिक्षक साउँदले जानकारी दिए। प्रहरीले बौलाहा कुकुरको खोजी कार्य गरिरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.