भारतीयलाई रजत, बंगलादेशीलाई काँस्य

|
फाइल फोटो

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको पौडीतर्फको भिडन्तमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्न सफल भएकी छन्।

गौरिकाले २०० मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्‍न सफल भएकी हुन्। सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा भएको प्रतिस्पर्धामा ओलम्पियन सिंहले स्वर्ण पदक जितेकी हुन्। स्वर्ण जित्ने क्रममा उनले २ मिनेट ०५.०६ सेकेन्डमा दूरी पूरा गरेकी थिइन्। 

सागको स्विमिङमा व्यक्तिगत स्पर्धामा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो। गौरिकाले रजत जितेको यो स्पर्धामा रजत पदक भारतीय खेलाडी शिभांगी शर्माले जितिन्। काँस्य पदक बंगलादेशी खेलाडीको पोल्टामा गयो।

गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालकाे पहिलाे स्वर्ण पदक हो। यसअघि नेपालले टिम इभेन्टमा मात्रै स्वर्ण जितेको रेकर्ड छ।

आठौ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्ण जितेका थिए  ।

 रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी गौरिकाले यसअघि नै पौडीबाट करिब एक दर्जन राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्। 

उनी १३ वर्षको उमेरमै रियो ओलम्पिकमा भाग लिन पुगेकी थिइन्। गौरिकाले स्वर्ण जितेसँगै नेपालले ३३ स्वर्ण पदक पुर्‍याएको छ। ४० स्वर्णसहित भारत पहिलो र नेपाल दोस्रो स्थानमा छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.