समाज

जोगबुडाको जंगलमा पुरुषको शव फेला

फाइल तस्वीर
मंसिर १९, २०७६

    डडेल्धुरा : डडेल्धुराको भित्रि मधेसमा पर्ने जोगबुडाको जंगलमा पुरुषको शव फेला परेको छ। परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्धको शव फेला परेको हो।

    आलिताल गाउँपालिका-४ का ७२ वर्षीय उदय कामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। बिहीबार दिँउसो उनको शव बेवारिसे अवस्थामा फेला परेको हो।

    घासँ काट्ने महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए।

    डोटीको दानकोट पुर्ख्यौली घर भएका मृतक कामी विगत २० दिनदेखि हराइरहेका थिए। प्रहरीका अनुसार उनी विगत एक वर्षदेखि मानसिक सन्तुलन गुमाएर फिरन्ते जीवन बिताइरहेको थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]