|
फाइल तस्वीर

इटहरी : इटहरीको टेंग्रा खोलाको पुल मर्मत गर्न इटहरी उपमहानगरपालिकाले सडक डिभिजन कार्यालय चेतवनीयुक्त आग्रह गरेको छ। बारम्बार मौखिक आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले डिभिजनलाई पत्रमार्फत चेतावनी दिएकी हुन्।

महेन्द्र राजमार्गअन्तर्गत इटहरी ४ र ६ मा रहेको पुल जीर्ण हुँदा भएको र पटकपटक आग्रह गर्दा समेत डिभिजन कार्यलयले बेवास्ता गरेको उपप्रमुख लक्ष्मी गौतम बताइन्।

'टेंग्रा खोलाको पुल मर्मत गर्न मौखिक ध्यानाकर्षण गराउँदा भएन र पत्र नै पठाउनु पर्ने भयो' गौतम भन्छिन्,' पुल पूरै भत्किन लाग्यो। नियमानुसार हामीले त्यो पुलमा लगानी गर्न मिल्दैन। जनताले पनि पटक पटक ताकेता गरेकोले पुलको मर्मत गरी आवागमनलाई सहज बनाउन पत्र पठाएको हो।'

पत्रमा मर्मत गर्न नसक्ने भए किन नसक्ने समेत खुलाउन आग्रह गरिएको छ। यदि सकिँदैन भने उपमहानगरपालिकालाई मर्मत गर्ने लिखित अनुमति प्रदान गरियोस् भन्ने तथ्य गम्भीरतापूर्वक ध्यानाकर्षण गराइन्छ’, पत्रमा भनिएको छ,‘यस कार्यालयमा लेखिएको यो पत्रप्रति बेवास्ता गरिएमा स्थानीय उपमहानगरपालिकाको तर्फबाट गम्भीर कदम उठाउन बाध्य हुने व्योहोरासमेत जानकारी गराइन्छ।’

पुल मर्मत नहुँदा खाल्डै खाल्डा परेर सवारी आवागमन अफ्ठ्यारो भएको छ। सडक ऐन अनुसार सडकका पुलपुलेसा मर्मत निर्माण गर्ने जिम्मा संघीय सरकार अर्थात सडक डिभिजनको हो। तर लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेको टेंग्रा खोलाको पुल अझै उस्तै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.