|

दोलखा : दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोप लागेको छ।

मेलुङ गाउँपालिका ४ भेड्पुका कुमार लामा मोक्तानलाई सार्वजनिक मुद्दा मिलाउने भन्दै रिजालले आफ्नै निवासमा बोलाएर १ लाख रकम लिएको आरोप लागेको हो। मुद्दा लागेका मोक्तान १० हजार धरौटीमा छुटेपछि बिहीबार पैसा बढी लिएको मिडियामार्फत सार्वजनिक गर्ने आफूले भनेपछि ९० हजार फिर्ता गरेको मोक्तानले दावी गरेका छन्।

प्रजिअ रिजालले कालिञ्चोक गाउँपालिका १ का उदिम तामाङसँग पनि सार्वजनिक मुद्दा मिलाउने नाममा ३५ हजार बढी लिएको आरोप लागेको छ। धरौटीबापत १४ हजार लिनुपर्नेमा ४९ हजार मागेको र बढी भएको ३५ हजार रकमबारे पत्रकार सम्मलेन गर्ने चेतावनीपछि रिजालले बिहीबार नै फिर्ता गरेको पीडकले दावी गरेका छन्।

प्रजिअ रिजालले भने आफूले बढी रकम नलिएको र फिर्ता पनि नगरेको बताएका छन्। उनले बढी पैसा लिएर फिर्ता गरेको भन्ने समाचार नियोजित रहेको दावी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.