सन्तोषीको शान, गौरिकाको गौरब

|

काठमाडौं : स्वर्ण पदक जुनसुकै इभेन्टमा पनि अर्थपुर्ण हुन्छ। स्कुले जीवनको बाल्यकालदेखि  अन्तर्राष्ट्रिस्तरसम्म स्वर्ण पदक जित्नुको महत्व बेग्लै हुन्छ। 

१३औं दक्षिण एसियाली खेलकुद नेपालका लागि झन् विशेष बन्यो। स्वर्णका हिसाबले सर्वाधिक सफल दक्षिण एसियाली खेलकुदका रुपमा नेपालले बिहीबार आफुलाई उभ्यायो। यसअघि सन् १९९८ मा घरेलु भूमिमा नै ३१ स्वर्ण जितेको नेपालले २१ वर्षपछि बिहिबार त्यो संख्या उछिन्यो। यससँगै स्वर्णका हिसाबले नेपालका लागि सर्वाधिक सफल १३ औं साग इतिहासमा दर्ज भयो।

अमूल्य यी दुई स्वर्ण

तर, यतिधेरै स्वर्णकाबीचमा दुई स्वर्ण नेपाली खेलकुद इतिहासको सम्झनामा रहिरहने छन्। महिलातर्फ १० हजार मिटरमा सन्तोषी श्रेष्ठले जितेको स्वर्ण र बिहीबार पौडीको २०० मिटर फ्रीस्टाइलमा गौरीका सिंहले जितेको स्वर्ण नेपाली खेलकुद इतिहासकै उल्लेख्य स्वर्णका दर्ज भए। 

यो सागमा नेपाली महिला खेलाडीले प्रभाव छाडिरहेका छन्। अझ महिलातर्फ प्राप्त यी दुई स्वर्ण नै जारी १३औं सागको सर्वाधिक ठुला उपलब्धी हुन्। यहाँनिर अरु स्वर्णको महत्व कम छैन भन्न खोजिएको होइन।

शानदार सन्तोषी

ओलम्पिक महाकुम्भमा पनि कालान्तरसम्म सबैले चिनिराख्ने दुई नाम अमेरिकन पौडीबाज माइकल फ्लेप्स र जमैकन धावक उसेन बोल्ट हुन्। उनीहरु एथलेटिक्स र पौडीकै लिजेन्ड हुन्। तर ओलम्पिकमा उनीहरुले छाडेको छाप सदाका लागि रहिरहनेछ।

नेपाली खेल क्षेत्रमा पनि बैकुन्ठ मानन्धर, टीका बोगटी र राजेन्द्र भण्डारीको नाम सधैँ अग्रस्थानमा आउँछ। अब यही नाममा महिलातर्पm आफुलाई एथ्लेटिक्सकी सन्तोषीले आफूलाई स्थापित गराएकी छन् । सन्तोषीको नाम र उनले जितेको स्वर्ण दक्षिण एसियाली एथलेटिक्समा नेपालको शानका रुपमा रहने छ।

गर्वलायक गौरिका

गौरिकाले बिहीबार दिलाएको स्वर्णको शान पनि त्यो भन्दा कम हुने छैन। गौरिकाले महिला व्यक्तिगततर्फ पहिलो स्वर्ण जित्दा नयाँ इतिहास बनेको छ। 

यसअघि पौडीको टिम इभेन्टमा सन् १९९९ मा काठमाडौंमै रुना प्रधान, नयना शाक्य, रुविना प्रधान र स्तुति सिंहले स्वर्ण जितेका थिए। 

गौरिकाले त्यसपछिको २० वर्षमा पौडीमा लाग्दै आएको स्वर्णको खडेरी मात्रै टारिनन्, ३५ वर्षे साग इतिहास पहिलो महिला ब्यक्तिगतमा स्वर्ण जित्ने कीर्तिमान बनाइन्। त्यसैले नेपाली खेलकुद क्षेत्रमा यी दुई स्वर्णको चर्चा थप विशेष हुने छ।

सम्बन्धित समाचार

सन्तोषीको शान (फोटो फिचर)

भारतीयलाई पछि पार्दै १० हजार मिटर दौडको स्वर्ण सन्तोषीले जितिन्

ओलम्पियन गौरिका सिंहले पौडीबाट जितिन् स्वर्ण पदक

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.