|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने बाटो खुला गरिएको त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) की प्रवक्ता न्यान्सी पेलोसीले बताएकी छिन्। 

सत्ताको दुरुपयोग मामिलामा विवादित बनेका ट्रम्पका कारण लोकतन्त्र नै दाउमा परेको र कुनै विकल्प बाँकी नरहेको प्रवक्ता पेलोसीले दाबी छ।  महाभियोग लगाउनेबारे प्रवक्ताको अभिव्यक्तिपछि लगातार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले यो काम छिट्टै शुरु गर्न आग्रह गरेका छन्, ताकि सिनेटले यसबारे निष्पक्ष अनुसन्धान गर्न सकोस। 

क्यालिफोर्नियाबाट संसदमा प्रतिनिधित्व गर्ने प्रवक्ता न्यान्सीले बिहिबार आयोजित पत्रकार सम्मेलनमै राष्ट्रपछि ट्रम्पमाथि कटाक्ष गरिन्। उनले भनिन्– ‘आफ्नो राजनीतिक फाइदाका लागि राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको मूल्यविरुद्ध काम गरेका छन्, आफ्नो राजनीतिक प्रतिद्वन्द्वीकाविरुद्ध जाँच गर्नका लागि उनले सैन्य मद्दतमा समेत रोक लगाए।’ आफुहरु सिनेटमा हुने निष्पक्ष सुनुवाईका लागि तयार रहेको पनि न्यान्सीले बताइन्। 

यी घटनाक्रमलाई लिएर ट्रम्पले पनि कडा ट्वीट गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्–‘कुनै काम नगर्ने वामपन्थी धारका डेमोक्रेट्सहरुले हालै मविरुद्ध महाअभियोग लगाउने घोषणा गरेका छन्।'

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी जो बाईडनलाई विवादित बनाउन युक्रेनका राष्ट्रपति ब्लोदिमिर जेलेन्स्कीलाई दबाब दिएको आरोप ट्रम्पमाथि लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.