|

काठमाडौं : एपेन्डिसाईटिसको शल्यक्रिया गरी हिजो अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै दैनिक प्रशासनिक काम गर्ने भएका छन्। 

चिकित्सकहरुले धेरै दौडधुप नगर्न सुझाएपछि बालुवाटारमै प्रधानमन्त्रीलाई कार्यसम्पादनमा सहज बनाउन आवश्यक प्रबन्ध मिलाइँदैछ। ओलीले आजैदेखि बालुवाटारबाटै अत्यावश्यक तथा प्रशासकीय काम शुरू गर्ने बताइएको छ।

प्रधानमन्त्री ओलीको आज कुनै औपचारिक कार्यक्रम नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार प्रधानमन्त्रीले आज बालुवाटारमै सामान्यदेखि अत्यावश्यक भेटघाट गर्नेछन्।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गरी  प्रधानमन्त्री ओली १० दिनपछि बिहिबार डिस्चार्ज भएका थिए। 
एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण फैलिएपछि गत मंसिर १० गते प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो।  

अस्पतालबाट डिस्चार्ज भएर बालुवाटारमा आराम गरिरहेका ओली चिकित्सकको निगरानीमै छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.