|

पोखरा : नेपाली महिला क्रिकेट टोली १३औँ सागअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकासँग ४१ रनले पराजित भएको छ।

पोखरा रंगशालमा भएको खेलमा श्रीलंकाले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १९ रनको योगदान गरिन्। कविता कुवँरले नट आउट १३ रन बनाउँदा कविता भण्डारीले १२ रन, अप्सरी बेगमले ११ रनको योगदान गर्दा नेपालका लागि अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। श्रीलंकाका लागि लाहिनी अप्सराले सर्वाधिक ३७ रन बनाउँदा जनादी अनालील ३५ र सत्या सन्दीपनीले २२ रन जोडिन्।

नेपालको बलिङतर्फ सरस्वती कुमारी र सोनु खड्काले २/२ विकेट लिए। यो हारसँगै नेपाली महिला क्रिकेट टोली फाइनल प्रवेशको सम्भावना पनि सक्किएको छ।  
  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.