|

काठमाडौं : निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया रोकिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजालसले बारास्थित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम यथास्थितिमा राख्‍न आदेश जारी गरेसँगै निर्माण प्रकिया अघि बढाउन रोक लागेको हो। 

पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले रिट दायार रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले यस्तो आदेश दिएको हो। 

यो आदेशससँगै सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेशमाथिको छलफलका लागि झिकाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.