|

बर्दिया : बर्दियाको राजापुर नगरपालिका ६ मानपुर टपरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

वालुवा लिएर राजापुरतर्फ आउँदै गरेको भे १ त ७१८० नम्वरको ट्याक्टरले ठक्कर दिँदा साइकलमा सवार राजापुर नगरपालिका ८ भोगपुरका अन्दाजी ६० वर्षीय कालुराम थारुको मृत्यु भएको हो। 

शुक्रबार दिउसो भएको दुर्घटनामा परी गम्भीर घाइते भएका थारुको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ।

ट्याक्टर चालक राजापुर नगरपालिका भोगपुरका अन्दाजी ४० वर्षीय जुगराम थारु र ट्याक्टर इलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.