|

काठमाडौं : कसरी आफ्नो व्यापार विस्तार गर्ने तथा कार्यदक्षता र शैलीलाई अगाडि बढाउने भन्ने सम्बन्धमा सुकल्प इन्टरनेशनलले तालिम तथा परामर्श दिने भएको छ।

कम्पनीले काठमाडौंमा ‘मिट एण्ड ग्रिन विद इण्ड्रष्ट्री एक्सपट्र्स’ कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका व्यवसाय तथा उद्यमीहरुलाई उक्त जानकारी गराएको हो।

कार्यक्रममा सुकल्प इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत अरुण बस्नेतले विभिन्न उद्योगमा आधारित शिक्षा तथा विकास सेवासँग सम्बन्धित रहेर प्राविधिक, बिक्री, उत्पादन तथा सेवासम्बन्धी तालिम तथा परामर्श दिइने जानकारी दिए।

उनले कम्पनीले दिने तालिमपछि कर्मचारीको कर्यक्षमतामा विकास हुने, उत्पादन तथा व्यापार विस्तार र बजारीकरणको सम्बन्धमा जानकारी पाउन सकिने बताए।

कार्यक्रममा विभिन्न कम्पनीका प्रशिक्षकहरूसँग अन्तरक्रिया पनि गरिएको थियो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यसअघि पनि विभिन्न क्षेत्रमा प्रशिक्षण दिई रोजगारीको आवसरहरू प्रदान गरिएको जानकारी गराए। उनीहरूले बैंकिङ, एफएमसिजि, अटोमोबाइल, टेलिकम, विक्री तथा वितरण, बीमा, विकास क्षेत्र, प्रविधि, तथा सेवा क्षेत्रमा तालिम तथा परामर्श दिइनेसमेत जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.