|

दार्चुला : दार्चुला बहुमुखी क्याम्पसमा अध्ययनरत मानविकी तथा समाजशास्त्र विद्यार्थी समूहले सीमा अतिक्रमणबिरुद्ध शुक्रबार बिरोध प्रदर्शन र साहित्यिक कार्यक्रम आयोजना गरेको छ।

भारतले आफ्नो नक्सामा कालापानी क्षेत्रलाई पारेर सार्वजनिक गरेपछि देशका विभिन्न स्थानमा बिरोध भइरहँदा जिल्लाबासी विद्यार्थीको हैसियतले आफूहरूले पनि बिरोध र्‍याली र साहित्यिक कार्यक्रम आयोजना गरेको समूहका अध्यक्ष सन्तोष ठगुन्नाले जानकारी दिए।

विद्यार्थीको समूहले गो व्याक इन्डिया, कालापानी हाम्रै हो, लिम्पियाधुरा हाम्रै हो जस्ता नारा लगाएर खलंगा बजार परिक्रममा गर्दै बिरोध र्‍यालीको आयोजना गरेका थिए भने दार्चुला बहुमुखी क्याम्पसको प्राङ्गणमा रचना वाचन कार्यक्रम आयोजना गरिएको थियो।

साहित्यिक कार्यक्रममा डेढ दर्जन व्यक्तिले आफ्नो रचना वाचन गरेका थिए भने दार्चुला साहित्य समाजका पूर्व अध्यक्ष विष्णुदत्त जोशी र क्याम्पस प्रमुख कृष्णसिंह साउँदले मन्तव्य राखेका थिए।

कुटनीतिक पहलबाट समस्या समाधान हुनुपर्छः क्याम्पस प्रमुख

सीमा अतिक्रमणबिरुद्ध आयोजना गरिएको साहित्यिक कार्यक्रमलाई सम्बोधन गर्दै दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउँदले छिमेकीसँग देखिएको सीमा समस्यालाई कुटनीतिक पहलबाट सुल्झाउनु पर्ने बताए।

समस्या सुल्झाउने पहिलो तरिका कुटनीतिक पहल, दोस्रो तरिका मुद्दाको अन्तर्राष्ट्रियकरण गर्ने र तेस्रो समाधान युद्ध भएको बताए। उनले अहिलेको वस्तुस्थिति अनुसार कुटनीतिक पहलबाटै समस्या समाधान गरिनु पर्ने बताए। उनले क्याम्पस प्रमुख साउँदले समस्या समाधान हुन नसके स्वाधीन राष्ट्रले सबै उपाय अपनाउनु पर्ने पनि बताए।

गतअसोज महिनामा व्यास गाउँपालिका १ टाटा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको हतियारसहितको गस्तीलाई आफ्नै आँखाले देखेको बताउने क्याम्पस प्रमुख सीमाबासीले सरकारले कुनै सुविधा उपलब्ध नगराएको अवस्थामा पनि सीमा रक्षा गरेको बताए।

उक्त क्षेत्रको पहुँचताका लागि सडक वा बाटो बनाउनुपर्ने, सो क्षेत्रमा निरन्तर सुरक्षाकर्मीको उपस्थिति बढाउनुपर्ने र सरकारी निकायको उपस्थिति गराउनुपर्ने उनको भनाई थियाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.