|

उदयपुर : उदयपुरको जिल्ला अस्पतालको अवस्था निकै नै बिजोग  भएको भन्दै स्थानीय युवाले खबरदारी तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।  

नेकपा उदयपुरका नेता तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईको नेतृत्वमा जिल्लाका खेलकुदमा सक्रिय युवाहरूले अस्पतालको निरीक्षण गरेका छन्। अस्पताल निरीक्षणपछि युवाहरूले अस्पतालको अवस्था सुधार गर्न सबै सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउँदै अस्पताल सुधार गर्न पहल थालेका छन्।

अस्पतालको समस्या छिट्टै समाधानको लागि अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार तथा नगर प्रमुख बलदेव चौधरीको ध्यानाकर्षण गराइएको जिल्ला फुटबल संघका अध्यक्ष रन्जन कार्कीले बताए।

अस्पताल व्यवस्थापन प्रमुखलाई न्यूनतम सरसफाइ, अन्धकारमय अस्पतालको बत्ती मर्मत, शौचालयको मर्मत, खानेपानीमा सरसफाइ, अनावश्यक झाडी फडानी गर्नको लागि निर्देशन दिइएको नेकपाका नेता तथा एन्फा प्रवक्ता किरण राईले थाहा खबरलाई जानकारी दिए।

त्यस्तै, सरकारबाट निशुल्क उपलब्ध हुने ७० प्रकारको औष मध्ये जिल्ला अस्पताल उदयपुरमा ३० प्रकारको औषधि मात्र उपलब्ध भएको पाइएको छ।

सबै समस्याहरू एक साताभित्र सुधार गर्ने प्रतिबद्धता लिएर आएको छौं। यदि तोकिएको समयमा अस्पताल सुधारका लक्षण सम्बन्धित सरोकारवालाहरुले नदेखाए, आवश्यक कदम चालेर अगाडि बढ्ने नेता राईले बताए। देशको तिनै त्तहमा सरकार भए पनि अस्पतालको अवस्था दिनदिनै नाजुक बन्दै गएको छ।

जिल्ला अस्पताल उदयपुरमा छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा, सिराहाबाटसमेत बिरामीहरु आउने गरेको स्थानीयहरु बताउँछन्। अस्पताल आफैं बिरामी भएपछि सेवाग्राहीहरू चिन्तित बनेका छन्। अस्पतालमा कहिले डाक्टर नहुने त कहिले यस्तो अव्यवस्थित, भद्रगोल हुँदा बिरामी समस्यामा परेका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.