गाउँमा चामलको चिज, शहरमा ढिडोको खोजी

|

उदयपुर : उदयपुरको पहाडी क्षेत्रमा यतिबेला किसान लाई कोदो थन्क्याउने कामले छोपेको छ। किसानहरुले धान थन्क्याउने काम सकेलगत्तै यतिबेला कोदो काट्ने काम सुरु भएको हो। उदयपुरको सबै क्षेत्रमा यति बेला कोदो नुहिन थालेको छ।

जिल्लाको पहाडी गाउँपालिका उदयपुरगढी, ताप्ली, लिम्चुङ्बुङ, रौतामाई गाउँपालिकामा मुख्य गरी कोदो खेति गर्ने गरिन्छ। यस्तै कटारी, त्रियुगा, चौदण्डिगढी र बेलका नगरपालिकाको पहाडी क्षेत्रमा समेत कोदो खेती हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।

यो बर्ष लामो समय खडेरी र फौजी किराको आक्रणले गर्दा किसानहरुले मकै फलाउन नसकेको र बढि कोदो खेति गरेका छन्। किसानहरुले यतिबेला कोदो काट्ने काम धमाधम शुरुको लिम्चुङ्बुङ गाउँपालिका ५ का वडा अध्यक्ष केशर कुमार खड्काले बताए।

जिल्लाको २७६८ हेक्कटर जमिनमा कोदो खेती गरिन्छ। गतबर्ष ५३४२ मेक्ट्रिक टन उत्पादन भएको र यो बर्ष समयमै पानी परेको र मकैमा फोजी किराको आक्रमणले  गर्दा किसानहरुले कोदो खेती बढी गरेकाले उत्पादन केहि बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी नरनाथ रेग्मीले थाहा खबरलाई जानकारी दिए।

कोदो छाडेर बाह्य खाने कुरामा निर्भर

ताप्ली गाउँपालिका-४ का स्थानीय कृषक बिचारी राउतले भने आफूले उत्पादन गरेको कोदो वर्षभरि खान पुग्ने तर आफ्नो भान्सामा कोदोको रोटी र ढिँडो  नपाकेको चार वर्ष भएको बताए। त्यस्तै कटारी नगरपालिका लेखानीका भीमबहादुर थापा पाखो बारीमा कोदो, खेती गर्छन्।

‘गाउँमा पहिले पहिले यही कोदो नै खाजाको रुपमा प्रयोग हुने गर्दथ्यो’ उनले भने, ‘अहिले गाउँमा सहजै यातायातका साधनको पहुँच भएकोले चाउचाउ, बिस्कुट, दालमोटा भुजिया लगातका तयारी खाजा खाने गरेको बताए। सहरतिरका पाहुँना गाउँ आउँदा कोदोको ढिँडो खोज्ने र सहर बजारमा कोदोको माग बढेको छ।

अहिले जताततै सडक बनेपछि दैनिक खाजामा प्रयोग गर्न सकिने वस्तुको इटहरी, विराटनगर, लाहान, गाईघाट कटारी र बेल्टार लगायतका सहर बजारबाट सोझै ग्रामीण क्षेत्रमा सप्लाई हुने गरेको रौतामाई गाउँपालिका पोखरीका किसान कृष्ण खत्री बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.