काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को २३ औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलन बुधबारबाट राजधानीमा सुरु भएको छ। २७ वर्षपछि नेपालमा यो सम्मेलन भएको हो। यसअघि नेपालले २०४६ सालमा १० औं एसिया क्षेत्रीय सम्मेलन गरेको थियो।
सन् १९६७ सेप्टेम्बर २७ मा सदस्यता लिएपछि निरन्तर रुपमा नेपाल प्रहरीले इन्टरपोलसँग सहकार्य गर्दै आएको छ।
सदस्यता लिएको ५० वर्षभित्र १२ जना नेपालका अभियुक्तलाई इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएको छ। १६ जना अभियुक्त अझै खोजीको सूचिमा छन्। जसमा दुई विदेशी र १४ नेपाली नागरिक छन्।
को- को समातिए इन्टरपोल मार्फत?
१ वित्तीय अपराधमा संलग्न : रोशन पाण्डे
२ जमिम शाहका हत्या आरोपी : श्रीकृष्ण पौडेल
३ जमिम शाह हत्यामा संलग्न : डिएसपी जगदिश चन्द
४ डाक्टर उपेन्द्र देवकोटाकी छोरी मेघा अपहरणका मुख्य योजनाकार : राजु थापा
५ मेघा अपहरणका मुख्य आरोपी : गोकुल गिरी
६ वित्तीय अपराधमा संलग्न : विनिता प्रधान
७ हत्या आरोपी : अनिल राई
८ युनिटी ठगीका मुख्य आरोपी : काशिराम गुरुङ
९ दिवाकर चन्द हत्याका मुख्य आरोपी : ईश्वर भण्डारी
१० पर्सामा भएको अपहरणपछिको हत्याका आरोपी : दिपंकर दत्त
११ कुख्यात गैंडा शिकारी : राजकुमार प्रजा
१२ न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न : संजय इस्माइली मगर
नेपाल प्रहरीले रेडकर्नर लिष्टमा राखेका नेपालीहरु :
१ बैदेशिक रोजगारीमा ठगी : भूपेन्द्र खड्का
२ बैदेशिक रोजगारीमा ठगी : भक्तबहादुर लामा
३ बैदेशिक रोजगारीमा ठगी : विष्णूबहादुर लामा
४ बैदेशिक रोजगारीमा ठगी : रामबहादुर तामाङ
५ मेघा देवकोटा अपहरणका आरोपी : केशव दर्लामी मगर
६ रुपन्देहीका तारानाथ बोहराको हत्याका आरोपी : फकिर रियाज लल्लु
७ छ वर्षिया बालिकाको बलात्कारका आरोपी : वसन्त भनिने अङाविर बोहरा
८ सिरहाबाट अपहरण गरी गंगाप्रसाद यादलको हत्याका आरोपी : रामकुमार यादव
९ अरिफ अनसारीको नाममा ठगी गरेको : पशुपतिनाथ शुक्ला
१० गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपी : रुद्र आचार्य
११ सप्तरीमा हत्याका आरोपी : मोहमद सकिलहुसेन
१२ बाजुराका शेरबहादुर रोकायाको हत्याका आरोपी : ओकेन्द्रबहादुर सिंह
१३ काठमाडौं बैंक ठगी १ अर्ब २२ करोड ८ लाख ९७ हजार : पवन कुमार कार्की
१४ कास्कीमा शिवराज थापाको हत्याका आरोपी : जीवनकुमार अधिकारी
१५ डाबर नेपाल प्रालिलाई ठगी : हल्दिया राहुल
१६ बन्यजन्तु आरक्ष तस्करीका आरोपी : इयान बकार
काठमाडौंमा भैरहेको सम्मेलनमा यी विषयमा छलफल हुने प्रहरीले जनाएको छ ।
नेपालले यस सम्मेलनमा यी विषय उठाउने प्रहरी स्रोत बताउँछ :
सम्मेलनमा २६ देशका १ सय १७ प्रतिनिधि सहभागि छन् :
अन्य देशले नेपालीविरुद्ध रेडकर्नर नोटिस कता जनालाई?
के गर्छ इन्टरपोलले?
इन्टरपोल विश्वमा लुकीछिपी बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरिका प्रहरी संगठनभित्र सहकार्यका निम्ति गठन गरिएको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन हाे। सन् १९२३ मा अष्ट्रियाको भियनामा यसको स्थापना भएको थियो।
पक्राउ पूर्जी जारी भएका फरार अपराधीको अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि जारी गरिने सूचना नै रेडकर्नर नोटिस हो। इन्टरपोलले खोजी गरी सकेपछि त्यस्तो अपराधीलाई सम्बन्धित राष्ट्र समक्ष बुझाउँछ।
सन् १९६७ मा इन्टरपोलको सदस्यता पाएको नेपाल यसको एक सय औं राष्ट्र हो। इन्टरपोलमा हालसम्म १ सय ९० वटा देश सदस्य छन्। यि एक सय ९० वटा राष्ट्रमा लुक्ने कुनैपनि अपराधीलाई त्यहाँको प्रहरीले पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउने गर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।