|

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लामा आवश्यक जनशक्ति नहुँदा शान्ति सुरक्षामा चुनौती देखिएको डिएसपी लालबहादुर धामीले बताएका छन्। दरबन्दी अनुसारका प्रहरी नहुँदा सुरक्षामा समस्या देखिएको उनको भनाइ छ। उनले   दियालो  बहुउद्देश्य सस्थाले आयोजना गरेको  १२औ सधारण सभामा यस्तो बताएका हुन्।

'प्रहरी कार्यालय जुम्लामा ३  सय ६०  जना प्रहरी जवानको दरबन्दी हुनुपर्नेमा हाल २ सय ६० जना छौँ'  उनले भने, 'यस मध्यबाट पनि   ४९ जना काजमा छन्, केही प्रहरी जवान विभिन्न तालिममा हुन्छन्, केही बिदामा   जान्छन्।'

संघीय संरचनाअनुसार प्रहरीको दरबन्दी नभएको उनको भनाइ छ। सयम अनुसारका प्रहरी जवान भएकाले  जुम्लाको शान्ति सुरक्षामा चुनौती देखिएको  धामीले गुनासो  गरे। अहिले जिल्लामा  १२० वटा  दरबन्दी रिक्त छन्। दरबन्दी अनुसारका प्रहरी जवान नहुँदा ड्युटी खटनपटनमा समेत समस्या देखिएको उनको भनाइ छ।

यतिबेला जुम्लाको तापक्रम माइनसमा छ जुम्लामा अत्यधिक चिसो हुने भएकोले थप समस्या सामना गर्दै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।  दिउँसोको समयमा समस्या नभए पनि रातको समयमा भने सुरक्षामा कठिनाइछ। 

  अहिले  देश संघियसंरचनामा गएपछि जुम्लाको हकमा एक प्रहरी बराबर ७ १२ जना प्रहरीको संख्या कमी भएकाले अपराध नियन्त्रणमा समस्या हुने गरेको छ। १ सय नागरिकका लागि एक प्रहरी हुनुपर्ने अन्तर्रा्ष्ट्रिय मापदण्ड भए पनि अहिले जिल्लामा एक जना प्रहरीले ७ सय १२ जनाको सुरक्षा गर्नुपरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

नेपालको सन्दर्भमा एक प्रहरीले ३ सय सम्मको सुरक्षा गर्न सकिने अवस्था भए पनि यसतर्फ सरकारले आवश्यक प्रहरीको दरबन्दी उपलब्ध गराउन सकेको अवस्था छैन।

जिल्लामा अपराध नियन्त्रण गर्न आवश्यक जनशक्ति हुनुपर्ने भन्दै डिएसपी धामीले  जिल्लाको शान्ति सुरक्षालाई मजबुद गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाको एकल प्रयासले मात्र सम्‍भव नभएको बताए।

जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायको सहयोग र समन्वय हुनुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.