समाज

कुस्तीबाट नेपाललाई ऐतिहासिक स्वर्ण पदक

मंसिर २१, २०७६

    जनकपुरधाम : धनुषा : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ।

    जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन्।

    संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४–१ अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। स्वर्ण विजेता धामी कञ्चनपुरको महेन्द्रनगरकी बासिन्दा हुन्।

    सागको कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो।

    यो सँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ। शनिबार नेपालका लागि ४२ किलोमिटर म्याराथनबाट किरणसिंह बोगटीले स्वर्ण पदक जितेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]