|

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी जेठ १४ गतेका लागि त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई स्वागत गरेको छ।

नेविसंघले बुधबार पत्रकार सम्मेलन गर्दै स्ववियु निर्वाचनको तयारीमा लाग्न सबै शैक्षिक संस्थालाई आह्वान समेत गरेको छ। संघका अध्यक्ष नैनसिंह महरले त्रिविले स्ववियु निर्वाचनको मिति घोषणा स्वागतयोग्य भएको भन्दै तत्काल निर्वाचन तालिका सार्वजनिक गर्न आग्रह गरेका छन्।

‘त्रिविविले स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्षे उमेर हद लगाएकोमा नेविसंघ भित्रै आलोचना भएपनि अब निर्वाचनको मिति न घोषणा गरिसकेकोले हामी त्यसलाई स्वीकार्छौं’ महामन्त्री कुन्दन काफ्लेले थाहाखबरसँग भने, ‘विद्यार्थीहरुले नागरिक समाजको प्रतिनिधित्व गर्ने भएकाले विद्यार्थीमा उमेर हद निर्धारण गर्नु हुन्न भन्ने हाम्रो मान्यता थियो तर उमेर हद निर्धारण गरेकोले हामी त्यसैलाई स्वकार्छौं।’

तर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीसहित एक दर्जन बढी विद्यार्थी संगठनले भने निर्वाचन बहिस्कार गरेका छन्। स्ववियु निर्वाचन २०६५ सालयता हुन सकेको छैन। गत वर्ष घोषणा भएको स्ववियु निर्वाचन सबैजसो विद्यार्थी संगठनले विरोध जनाएपछि अन्तिम अवस्थामा स्थगित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.