|

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका ५ मझौलेमा अज्ञात रोगको कारण पशु चौपाया मृत्यु हुँदा हर्कबहादुर राईको गोठै रित्तो भएको छ।

शुक्रबार बेलुकी सन्चै घाँस हालेर बाँधेको पशु चौपाया बिहान उठेर घाँस हाल्न जाँदा सबै मरेको अवस्थामा फेला परेको हर्कबहादुर राईले बताए। किन? कसरी पशु चौपायाको मृत्यु भयो, भन्ने कारण अहिलेसम्म खुलेको छैन।

राईको तीनवटा गोरु र एउटा दूध दिने गाई मृत अवस्थामा फेला परेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिए। गाउँपालिकाको पशु शाखाको टोली घटना स्थल पुगेर चौपाया मर्नुको कारणबारे अनुसन्धान सुरु गरेको गाउँपालिका अध्यक्ष खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.