समाज : सुरक्षा/अपराध

पौने १३ लाखको सुनचाँदीसहित भारतीय नागरिक पक्राउ

मंसिर २१, २०७६

    जकपुरधाम : सशस्त्र प्रहरीले धनुषाको धनौजीबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सुनचाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    धनौजी गाउँपालिका ४ भडरीयाबाट भारत विहार राज्यको मधुवनी जिल्ला गोवराही गाउँका ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो। उनको साथबाट ६ किलो ८ सय ५० ग्राम चाँदी (बुनिया) र १ सय ग्रामको सुनको बलिया र २६ ग्राम सुनकै मालवाडी बरामद भएको सशस्त्रका एसपी राजेश उप्रेतीले जानकारी दिए।

    उनका अनुसार बरामद भएको सुनचाँदीको मूल्य करिब १२ लाख ८८ हजार ७ सय ९२ रुपैयाँ रहेको छ। साइकल चढेर भारततर्फ जाँदै गरेका यादबलाई चेकचाँज गर्दा चाँदी र सुन बरामद भएको एसपी उप्रेतीले बताए। शनिबार दिउँसो पक्राउ परेका यादबमाथि अनुसन्धान सुरु गरिएको पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]