|

काठमाडौं : बुधबार अर्थमन्त्री कृष्णबहादुर महराले समृद्ध नेपालको लागि दlगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्न अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेका थिए।

अर्थ मन्त्री महाराले आफ्नो कार्यायोजना सार्वजनिक गरेपछि फ्लोर ओपन गरे तर फ्लोरबाट आएका पत्रकारको जवाफ दिन उनी अलि बेफुर्सदिला थिए। किनकि कार्यक्रम गर्दै गर्दा प्रधानमनन्त्री पुष्पकमल दाहल प्रचण्डले छलफलको लागि महरालाई आफ्नो कक्षमा बोलाएका थिए। 

समग्रमा पत्रकार उठाएका प्रश्नको संक्षिप्त उत्तर पछि महराले भने- पत्रकारसँग केही कुरा राख्नै पर्ने भएको छ। यही मौका छोपर राख्छु। पछि राखेपनि हुने हो तर पछि भेट होला/नहोला। यही मौकामा राख्छु।' 

महरालाई पछिल्लो समय कतिपय मिडिया र सोसल मिडियामा आएका केही विषयसँग चित्त नबुझेको रहेछ। उनले ती विषयलाई बुँदागत रुपमा खण्डन गरे। 
 

१) मेलेसियाको 'रहस्यमय भ्रमण'

केही मिडियाले मेरो मलेसिया भ्रमण रहस्यमय भएको भनेका छन्। यो भ्रमण मेलेसियाका प्रधानमन्त्रीका सल्लाहाकारले मलाई गरेको निम्तोको आधारमा मैले गरेको हुँ। उहाँको सल्लाहाकार संस्था रहेछ। उहाँले मलाई भ्रमणको लागि दुई पटक आग्रह गर्नुभयो। उहाँको ल्याब हेरिदिन आग्रह गर्नुभयो। त्यसैले म गएको हुँ। केही रहस्य हैन। 

उहाँ केही समय पछि नेपाल आउँदै हुनुहुन्छ। नेपालका सबै मन्त्रीहरुलाई राखेर आफ्नो प्रर्दशनी पनि गर्दै हुनुहुन्छ। उहाँको एउटा सिद्धान्त के छ भने 'बिग टु फास्ट रिजल्ट।' यस विषय उहाँ नेपाल आएको बेला प्रर्दशनी गर्नुहुनेछ। यस्तो व्यक्ति र संस्थाको निमन्त्रणमा गएको हुँ। रहस्यमय भन्ने कुरा छैन। 

२) एनसेल

एनसेलको विषयमा पनि मलाई जोडिने गरेको छ। मैले एनसेललाई कर छुट दिने भनेको छैन। एनसेलले जति तिर्नु पर्ने कर हो, त्यति तिर्नुपर्छ र तिराउनै पर्छ। एक रुपैयाँ छोड्ने नीति मेरो हैन। मात्रै क्रेता र विक्रेता पहिचान गरी नियम अनुसार कर उठाउने भनेको मात्रै हो। एनसेललाई कर छुट दिनुपर्ने भनेर मैले भनेको छैन।

३. सुन काण्ड

केही दिन अघि अवैधानिक रुपमा आएको सुनको विषयमा मेरो नामा जोडेर विभिन्न पत्रपत्रिकाले लेख्दै आएका छन्। सानालाई कारबाही, ठूलालाई छोडियो भनेर पनि लेखिएको छ। कतिपय ठाउँमा मेरो बदनाम पनि गर्न खोजिएको छ। तर मैले दोषी उपर कारबाही हुन्छ भनेको छु। अहिले दोषी पहिचानको लागि अनुसन्धानको काम भइरहेको छ। भन्सार विभागका केही कर्मचारी पनि दोषी होलान्। त्यस्तै सुन ल्याउने जो कोही होस् कारबाहीको दायारमा अवश्य ल्याइने छ। मलाई लगाएको आरोप मिथ्या हो। 

४) कर फर्स्योट आयोग

अनावश्यक कर फर्स्योट आयोग गठन गर्न थाल्यो, के के गर्ने भयो भनेर पनि आएको छ। सामान्य छलफल बाहेक अहिलेसम्म केही भएको पनि छैन। 
नेपाल उद्योग वाणिजय महासंका अध्यक्षको नेतृत्वमा १२/१५ जनाको डेलिगेसन आएको थियो। आयोग गठन गर्नुपर्ने कुरा राख्नु भएको हो। पछि उहाँहरुले लेटर पनि पठाउनु भयो। मैले दुईजना सचिवलाई लेटर देखाएँ पनि। नेपाल उद्योग वाणिज्य महासंघ भनेको निजी क्षेत्रको विग संस्था हो। हामीले आयोगको विषयमा केही छलफल गरेपनि अहिले सम्म केही निर्णय दिएका छैनौँ। अहिले अघि बढाउन खोजिरहेका समेत छैनौँ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.