|

गुल्मी : बाग्लुङको बडिगाढ गाउँपालिका ७ अल्छीबाङमा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। मंगलबार भएको दुर्घटनामा परि घाइते भएकी इस्मा गाउँपालिका ४ दोहोलीका २४ वर्षीया निमा केसीको उपचारका क्रममा शनिबार निधन भएपछि ज्यान गुमाउनेको संख्या १६ पुगेको हो।

निमालाई उपचारका लागि मंलबार नै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ। उनीसँगै घाइते भएका चार वर्षीय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका-२ का २२ वर्षीय जीवन कार्कीको भने उपचार भइरहेको छ।

गुल्मीको इस्मा गाउँपालिका-४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पूजाको लागि हिँडेको ग. १ ज ५२१९ नम्बरको जिप मंगलबार दुर्घटनामा परेको हो। दुर्घटनामा परि १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जसमध्ये इस्मा गाउँपालिका ४ दोहोलीका ६५ वर्षीय धनबहादुर कार्कीको शव घटनास्थलभन्दा करिब दुई किलोमिटर तल नदीको किनारमा अर्को दिन भेटिएको थियो। दुर्घटनामा परेकामध्ये १० जनाको सोही दिन नै इस्मा गाउँपालिका ५ रजस्थल हुलाकेमा सामूहिक दाहसंस्कार गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.