|

हैदराबाद प्रहरीले गोली हानेर मारिदिएका चारजना संदिग्ध बलात्कारीको शव सुरक्षित राख्न भारतीय अदालतले आदेश दिएको छ। 

प्रहरीको इन्काउन्टरमा मारिएका यी चार जनाले २७ बर्षीय एकजना पशु–चिकित्सक युवतीलाई बलात्कार गरी जलाएर मारेका थिए। सो अपराधमा संलग्न चारै जनालाई प्रहरीले समातेर गोली हानी मारिदिएको थियो। 

बलात्कार गरी डाक्टर जलाउने चारै जनालाई प्रहरीले गोली ठोक्यो

हत्या र बलात्कारमा संलग्नहरुलाई प्रहरीले गत शुक्रबार बिहानै फर्जी इन्काउन्टरमा मारिदिएको थियो। संदिग्धहरुको हत्यापछि भारतभर यो घटनाको पक्ष र विपक्षमा बहसहरु भईरहेका छन्। यही मेसोमा तेलङ्गना उच्च अदालतले मारिएका सबैको शव भोली सोमबार राती आठ बजेसम्म सुरक्षित राख्न आदेश दिएको हो। 

महिला र मानवअधिकारका क्षेत्रमा काम गर्ने भनिएका संस्थाहरुले यस मामिलालाई लिएर अदालतमा याचिका दायर गरेका छन्। सो याचिकामाथि अदालतले भोली सुनुवाई गर्दैछ। 

आङ सिरिङ्ग बनाउने हैदराबाद बलात्कारकाण्ड : जहाँ युवतीलाई जलाइयो, त्यहीँ अभियुक्तमाथि 'इनकाउन्टर'

हैदराबाददेखि करिब ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा ती चार जनाले पशु चिकित्सक युवतीलाई बलात्कार गरी जलाएर हत्या गरेका थिए। संदिग्ध चारै जनालाई मारिदिएपछि प्रहरीमाथि गैरन्यायिक हत्या गरेको आरोप लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.