|

 

१)

देखियो आज हजुरको अपार रौनक कृपया बचाएर राख्नुस्
बधाई शक्तिशाली हुनुहुन्छ तपार्इँ, सबैलाई नचाएर राख्नुस्
वाह१ क्या तडकभडकले सबैलाई तान्न सफल हुनु भाुछ
हजुर त्यो अखाद्य भएको चर्चा छ बिन्ती जँचाएर राख्नुस्।

 

२)

कसम भन्छु, साँझमा मलाई काम नदिनु म पिउँदै हुन्छु
सूर्योदयदेखि दिनभरि उध्रेको मनलाई साँझ सिउँदै हुन्छु
मातिएको समयमा सिउनुले के कति अर्थ राख्ला र प्रभुरु
सुत्दा सोच्छु यो अन्तिम रात होस् तर उठ्दा जिउँदै हुन्छु।


 
३)

हजुर त्यही बाटो भएर हेर्दै आउनु भो मीठो मुस्कान दिएर
आधा फाटेको पर्दाले छेलिएर बसेको थिएँ त्यही जहर पिएर
नेताबाट जनता टाढिएझैँ शरीरका अङ्गहरू टाढिन थालेछन्
उत्तरार्द्धको यात्रा हो कोही सिउन नआउनू सियो-धागो लिएर।

 

४)

नियति नै हो बैंकको ऋण र भट्टीमा सधैँ उधारो चल्नु
सायद त्यही उधारो नै कारण बन्दो रैुछ घरमा राँको बल्नु
रकम तिर्नेहरू दुष्प्राप्य भेटिन्छन् पिउनेको लामै लर्कोमा
भेटिने स्वार्थी अनुहारलाई खै कसरी पो चिन्नु र छल्नु!

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.