|

काठमाडौँः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताको बेलामा भएको शैक्षिक सुधारको विषयमा समीक्षामै अल्झिएको बताएका छन्। 

चन्द्रागिरी नगरपालिका १ दहचोक काठमाडौंस्थित कृष्ण माध्यामिक विद्यालयको भवव उद्घाटन कार्यक्रमा पार्टी एकताको बेलामा भएका शैक्षिक गुणस्तरका एजेण्डा अझै समीक्षाकै अवस्थामा अल्झिएको बताएका छन्। 

दुई तिहाइको बहुमतको सरकारले शिक्षा क्षेत्रलाई नै प्राथामिकता राखेको बताए। ‘शिक्षाको विकास नभएसम्म अन्य क्षेत्रको विकासले गति लिँदैन’, उनले भने, ‘त्यसैले हामीले शिक्षामा प्राथामिकता दिनुपर्छ, समाज र राष्ट्रले पनि शिक्षाको विकासमा लाग्नुपर्छ।’ 

समृद्ध मुलुक बनाउँन शिक्षा आवश्यक भएको उनको ठहर छ। सरकारको कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने भनिएता पनि त्यो कुरा अहिलसम्म कार्यान्वयन हुन नसकेको उनले जनाए। ‘देशभित्रै स्वरोजगार र प्रविधिमैत्री शिक्षामा जोड दिएका छौँ, भौतिक मात्र नभएर शौक्षिक गुणस्तर वृद्धिमा जोड दिन आवश्यक छ’ उनले भने। 

सामुदायक विद्यालयमा पनि स्वच्छ प्रतिस्पर्धाको वातावरण सिर्जन गर्न आग्रह गरे। निजी क्षेत्रको विद्यालयको मोह बढ्दै गएको बेलामा अब सामुदायिक विद्यालयलाई पनि प्रतिस्पर्धाको भावना ल्याउने सक्ने बनाउँन आजको अपरिहार्यता भएको उल्लेख गरे। 

फरक प्रसंगमा बोल्दै नेपाल प्राकृतिक रूपमा सम्पन्न भए पनि विकासको गतिले पछि परेको उनले जनाए। विकास निर्माणमा सरकारले सक्दो लागेको उनको भनाई छ। ‘बत्ती मुनीको अध्यारो’ भन्ने नेपाली रूढीवादी उखान उल्लेख गर्दै बत्तीमुनी कहिल्यै अध्यारो नहुने भएकाले यस्ता उखान परिमार्जन गर्दै शैक्षिक सुधारको बाटो पहिल्याउन आवश्यक भएको प्रष्टाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.